कांग्रेस र माओवादीले पालिका चुनावमा ‘सेटिङ’ गरेर लाभ लिए : भट्टराई

 जेठ ३, २०७९ मंगलबार १९:३७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस र माओवादी केन्द्रले पालिका चुनावमा सेटिङ गरेर लाभ लिएको दाबी गर्नुभएकाे छ ।आज मङ्गलवारकाे प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै नेता भट्टराईले पालिका चुनावमा गरिएको गठबन्धन सफल नभएको बताउनुभयो । उहाँले गठबन्धनभित्र जुन सिद्धान्त अपनाइएको थियो, त्यसको पालना कसैले नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनको विषयमा त मेरो पहिलेदेखि नै धारणा थियो, स्थानीय तहका मुद्दाहरू, स्थानीय पार्टीका नेताहरूलाई थाहा हुन्छ । केन्द्रबाट नै गरेर टुङ्गो लाग्ने विषय यो होइन । त्यसैले हामीले गर्न खोजेकाे अभ्यास सफल भएन । खासगरी कांग्रेस र माओवादीले सेटिङ गरे र केही लाभ भयो । गठबन्धन गर्दा गरेका सिद्धान्तकाे कसैले पनि पालना गरेनन् ।’ 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया