काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
पर्वत - नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले नेपाली नागरिकलाई स्वदेशमै रोजगारीको अवसर सर्जना गर्नुपर्ने सुझाव दिनुभएको छ ।
पर्वत सदरमुकाम कुस्माबजारमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्न सके मात्र नेपाल छिटो विकसित मुलुक बन्ने धारणा व्यक्त गर्नुभयो ।
“विदेशमा गएर काम गर्ने भनेको छोटो अवधिका लागि हो”, राजदूत सिकले भन्नुभयो, “स्वदेशी अर्थतन्त्र बलियो बनाउन निर्यातमूलक उद्योग खोल्ने र मुलुकका हरेक क्षेत्रमा रोजगारी सिर्जना गर्नेतर्फ नेपाल सरकारले विशेष ध्यान दिनुपर्दछ ।”
उहाँले कोरियामा अहिले पनि २० हजार नेपाली श्रमिक काम गरिरहेको बताउँदै त्यहाँ सिकेका सीपलाई स्वदेशको विकास र समृद्धिमा लगाउन सबैमा आग्रह गर्नुभयो ।
राजदूत सिकले कोरिया चरम आर्थिक सङ्कटमा रहेका बेला विदेशमा गएर सीप सिकेपछि स्वदेश फर्केर औद्योगिकीकरणमा साथ दिएको चर्चा गर्दै विदेशमा कमाएको धन स्वदेशमा लगानी गरे मात्रै वैदेशिक रोजगारीमा जानुको औचित्य हुने बताउनुभयो ।
“विदेशमा कमाउने र उतै रमाउने हो भने स्वदेशलाई कुनै फाइदा पुग्दैन”, उहाँले भन्नुभयो, “विदेशमा आर्जन गरेको धन र सीप स्वदेशका लागि लगानी गर्नुपर्छ ।”
राजदूत सिकले ६० वर्ष अगाडिको गरीब कोरिया यति छिट्टै संसारकै विकसित राष्ट्र हुनुमा कोरियाली जनताले कृषि तथा औद्योगिक क्षेत्रमा गरेको मिहेनतको प्रतिफल भएको उल्लेख गर्दै कोरियाको तीव्र विकास हुनुमा भ्रष्टाचारविरुद्धको अभियान चाल्नु, आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो लगानी गर्नु रहेको बताउनुभयो ।
आर्थिक विकासका लागि उच्च सम्भावना बोकेको पर्यटन र जलस्रोत क्षेत्रको विकास गर्न सक्यो भने नेपाल छिटै नै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, उहाँले भन्नुभयो, “पर्यटक भित्र्याउने र जलविद्युत् निर्यात गर्ने महत्वकाङ्क्षी योजना कार्यान्वयन गर्न सकेमा नेपालले पनि कोरिया जस्तै छोटो समयमा आर्थिक फड्को मार्न सकिन्छ ।”
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।