यू–१९ एशिया कप : नेपाल लगातार दाेस्राे खेलमा पराजित
मंसिर १६, २०८१ आइतबार
सुनसरी – प्रदेश १ मा दुई उपमहानगरपालिका छन् । यी दुवै सुनसरीमा रहेका छन् । २०७४ सालमा भएको पालिका चुनावमा यी दुवै उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । इटहरी उपमहानगरको मेयरमा एमालेका द्वारिकलाल चौधरी र उप–मेयरमा एमालेकै लक्ष्मी गौतम विजयी हुनुभएको थियो । त्याे निर्वाचमा इटहरीमा २० वडामध्ये १२ वडाका वडाध्यक्षसहितका पदाधिकारीमा जित निकाल्दा मेयरमा नेपाली कांग्रेसका रोहितप्रसाद प्रसाई र उप–मेयरमा कांग्रेसकै विमला सिवाकोटी पराजित हुनुभएको थियो । यो पटकको निर्वाचनमा पनि प्रमुख पदमा एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
एमालेको तर्फबाट इटहरीको मेयरमा यामकुमार सुब्बाले उम्मेदवारी दर्ता गराउनुभएको छ भने कांग्रेसबाट यसअघिको निर्वाचनमा पनि आकाँंक्षी रहनुभएका हेमकर्ण पौडेलले मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । पाँच दलीय गठबन्धनको भागवण्डा अनुसार इटहरीको मेयर कांग्रेसको भागमा परेको थियो । काँग्रेसले इटहरीको मेयर पाउने चर्चा चलेपछि मुख्यतः यस अघिको निर्वाचनमा पराजीत उमेदवार प्रसाई, अहिले उम्मेदवारी दर्ता गराउनुभएका पौडेल र इटहरीका व्यवसायी भिमबहादुर पौडेलले मेयरको टिकटका लागि लबिङ सुरु गर्नुभएको थियो । कांग्रेसले इटहरीको मेयरमा पौडेललाई उठाउने निर्णय गर्दै टिकट दियो । प्रदेश कमिटी विराटनगरमा भएको छलफलले पौडेललाई मेयरको उमेदवार बनाएको हो ।
एमालेमा भने चार जनाले प्रमुख पदमा आकांक्षा देखाएका थिए । अहिले मेयरमा मनोनयन दर्ता गराउनुभएका सुब्बा, हालका मेयर द्वारिकलाल चौधरी, हालकै उपमेयर लक्ष्मी गौतम र इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले मेयरमा इच्छा देखाउनुभएको थियो । तर पार्टीले भने सुब्बालाई मेयरको टिकट दिएको थियो । यस अघिको निर्वाचनमा पनि नाम सिफारिस भएर टिकट नपाएको र अहिले पनि त्यही प्रणाली दोहोरीएको भन्दै चौलागाईले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्नुभएकाे थियाे । एमालेका उम्मेदवार बन्नुभएका सुब्बा झण्डै एक दशकदेखि पार्टीको इटहरी अध्यक्षको जिम्मेवारीमा रहिरहनुभएको छ ।
इटहरीको प्रमुख पदमा केही स्वतन्त्र र स्थानीय तथा राष्ट्रिय स्तरका पार्टीले पनि मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । तर, यसअघि भएका निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने इटहरीमा ती दलको खासै मतभार छैन् । त्यसैले यो पटक पनि इटहरीको मेयरमा एमाले र कांग्रेसबीच घम्साघम्सी हुने निश्चित भएको छ । उम्मेदवारी दर्तापछि बोल्दै एमालेका उम्मेदवार सुब्बाले एमालेको संगठन मजबुत भएकाले इटहरीमा यो पटक पनि एमालेले नै ‘लिड’ गर्ने दावी गर्नुभयो ।
यता कांग्रेसले भने यो पटक आफूमा जनाधार बढी भएकाले जित्ने दावी गरेको छ । देश अप्ठ्यारो अवस्थामा पुगेको समयमा गठबन्धन भएको भन्दै कांग्रेसबाट इटहरीको मेयरमा उम्मेदवार बन्नुभएका पौडेलले अब देश बनाउन जनताले गठबन्धनका उम्मेदवारलाई जिताउने दावी गर्नुभएको छ । एमालेतर्फ कटाक्ष गर्दै उहाँले देशभर वेथिति भएको सरकार विस्थापित गरेर गठबन्धनको सरकार बनेको बताउनुभयो ।
यता उपमेयरमा पनि एमालेले गठबन्धनभित्रकै दलसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । यसअघि आफ्नै पार्टीमा रहेका र हाल नेकपा (एकीकृत समाजवादी)मा जानुभएका केशवकुमार विष्टसँग एमालेकी संगीता चौधरीले इटहरीको उपमेयरमा प्रतिस्पर्धा गर्नुहुने भएको छ । गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिनुभएका विष्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव पनि हुनुहुन्छ । यता चौधरी भने पार्टीको भातृसंगठन अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य हुनुहुन्छ । चौधरी गठबन्धनले महिलाको प्रतिनिधित्व नै सुनिश्चित नगरेकाले आफ्नो जित पक्का रहेको दावी गर्नुहुन्छ । आफू गाउँका नागरिकसँग नजिकबाट चिनजानमा रहेकाले पनि जित्ने उहाँको दावी छ । यस अघिका सम्पूर्ण निर्वाचनमा नै एमालेले जितेका स्मरण गराउँदै उहाँले यो पटक पनि प्रमुख र उपप्रमुख एमालेकै पोल्टोमा आउने दावी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।