यू–१९ एशिया कप : नेपाल लगातार दाेस्राे खेलमा पराजित
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएकी सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले जितको अग्रिम शुभकामना दिनुभएको छ । यही वैशाख ३० गते हुने पालिका चुनावमा काठमाण्डाै महानगरमा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएकी सिंहलाई राणाले जितको अग्रिम शुभकामना दिनुभएको हो ।
आज मङ्गलवार काठमाण्डाैमा आयोजित महिला भेटघाट कार्यक्रममा उपस्थित भएर राणाले सिंहलाई महानगरमा मेयर पदका लागि अग्रिम बधाई दिनुभएकाे हाे । राणाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने बताउनुभयो ।
कार्यक्रममा काठमाण्डाै महानगरकी उपमेयर हरिप्रभा खड्गीले अब महिलाबाटै विकास सम्भव रहेको धारणा राख्नुभयाे । उहाँले काठमाण्डाै महानगरको नेतृत्वका लागि सिंहले दिएको उम्मेदवारीबाट काठमाण्डाैवासी महिलाहरू खुसी भएका र अब उनीहरूका समस्या समाधान हुनेमा विश्वस्त भएको बताउनुभयो ।
काठमाण्डाैका सबै वडाका महिलाहरूले आज एक कार्यक्रम आयोजना गरी काठमाण्डाै महानगरको नेतृत्वका लागि उम्मदेवारी दिनुभएकी सिंहलाई अग्रिम जितको शुभकामना प्रकट गरेका छन् । मेयरकी उम्मेदवार सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुनुहन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।