१२ बजेसम्म १६ हजार पाँच सय ६८ जनाको उम्मेदवारी दर्ता

 वैशाख १२, २०७९ सोमबार १३:२३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यही वैशाख ३० गते हुने पालिका चुनावको लागि दिउँसो १२ बजेसम्म १६ हजार जनाभन्दा धेरैले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार १२ बजेसम्म १६ हजार पाँच सय ६८ जनाको उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

यसमध्ये मेयरको लागि सात सय ६८, उपमेयरको लागि तीन सय ८३, गाउँपालिका अध्यक्षको लागि ६ सय १४ जना, उपाध्यक्षको लागि तीन सय ३४ जना, वडा अध्यक्षको लागि चार हजार चार सय ३९ जना, महिला सदस्यको लागि दुई हजार पाँच सय ४१ जना, दलित महिला सदस्यको लागि दुई हजार ५९ जना र खुला सदस्यको लागि पाँच हजार चार सय ३० जनाको उम्मेदवारी परेको छ ।

मनोनयन दर्ता गराउने आज अन्तिम दिन हो । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया