सहकारी बचतकर्ताको रकम फिर्ता र दोषीलाई कारबाही गर्न सरकारलाई...
मंसिर २६, २०८१ बुधबार
बाँके – बाँकेको नौवस्तामा निर्माण सुरु भएको नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको डीपीआर अनुसार सम्पूर्ण लागत ६ अर्ब रुपैयाँको छ ।
तर चालु आर्थिक वर्षका लागि दुईवटा सरकारले गरी जम्मा १५ करोड रुपैयाँ मात्रै बजेट विनियोजना गरेका छन् । औद्योगिक क्षेत्र स्थापनाका लागि केन्द्र सरकारले १० करोड र प्रदेश ५ को सरकारले ५ करोड रुपैयाँ बजेट छुट्टयाएको नौवस्ता औद्योगिक क्षेत्र परियोजनाका प्रमुखको जिम्मेवारी समेत सम्हालेका नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले जानकारी दिनुभयो ।
यसवर्ष यही बजेटमा काम गरी आउँदो वर्ष गर्नुपर्ने काम र लागत रकमसहित प्रस्तावना पेश गरिने उहाँले बताउनुभयो । औद्योगिक क्षेत्रमा १ सय २२ जना उद्योगीहरुले उद्योग सञ्चालनका लागि पूर्व आशयपत्र दर्ता गरेका छन् ।
नौवस्तामा ३ सय ३८ बिघा (चार हजार ३ सय ९४ रोपनी ) क्षेत्रफलमा झण्डै दुई सय हाराहारीमा उद्योग स्थापना हुन सक्ने प्रमुख पुनले बताउनुभयो । बहुराष्ट्रिय कम्पनीको उद्योग भए झण्डै १ सय २५ को हाराहारीमा मात्रै उद्योग स्थापना हुनेछन् । तर अहिलेसम्म बहुराष्ट्रिय कम्पनीका तर्फबाट पूर्व आशयपत्र दर्ता भएको छैन् ।
औद्योगिक क्षेत्रको डीपीआर प्लानिङ्गमा एक उद्योगका लागि ९ देखि ३० रोपनीसम्म क्षेत्रफल छुट्टाइएको छ । प्लाष्टिकजन्य, पाइपजन्य, पानी, जडिबुटी जन्य, नुडल्स, डेरी, बेवी फुड, हर्वल, टेक्सटायसल, मेटल, सुगर मिल, रायस एण्ड आयल, कोल्डडिंक्स, साबुनलगायतका उत्पादनमुलक उद्योग संचालन गर्ने तयारी छ ।
औद्यागिक क्षेत्रमा अहिले तारबार लगाउने कार्य भइरहेको छ । सडकको ट्रयाक खोलेर सामान्य प्लट निर्माण गरी औद्योगिक क्षेत्र र व्यवसायीले सँगसँगै निर्माण गरेमा दुई वर्षभित्र औद्योगिक क्षेत्र सञ्चालन हुन सक्ने प्रमुख पुनले बताउनुभयो ।
तर सम्पूर्ण पूर्वाधार तयार गरेर उद्योग सञ्चालन गर्नुपर्ने अवस्थामा भने पाँच वर्षपछि मात्रै उद्योग सञ्चालन हुने अवस्था रहेको प्रमुख पुनको भनाई
छ । औद्योगिक क्षेत्रका लागि सरकारले ५ सय २५ बिघा क्षेत्रफल जगा दिने निर्णय गरेकोमा बाक्लो बस्ती भएका कारण अहिले ३ सय ३८ बिघामा निर्माण कार्य सुरु भएको हो ।
३ सय ३८ बिघा भित्र झण्डै दुईसय घरधुरीको बसोबास भएका कारण कतिपय स्थापनमा तारबारमा समेत अवरोध भएको छ । २०७२ साल चैत १ गते सरकारले औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।