पाेखराकाे मेयर एकीकृत समाजवादीलाई दिएपछि कास्की कांग्रेस पार्टी कार्यालयमा ताला

 वैशाख ७, २०७९ बुधबार १३:१४:४६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – सत्ता गठबन्धनले पोखराको मेयर नेकपा एकीकृत समाजवादीलाई दिएपछि कांग्रेस महानगर समितिले कास्की पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।

महानगर समितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले पोखरा महानगर एकीकृत समाजवादीलाई दिने निर्णयले महानगर कमिटी उपेक्षित भएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरेकाे विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे छ । 

विज्ञप्तिमा कांग्रेस पोखरा महानगर समितिले पालिका चुनावमा जित्ने आधार हुँदाहुँदै नेकपा एकीकृत समाजवादीलाई महानगरको मेयर दिइएकाे भन्दै विरोध गरेका छन् ।

नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताउनुभयाे । सत्ताको स्वार्थभन्दा माथि उठे‍र जनभावना एवम् आम कार्यकर्ताको मनोभावना उच्च राख्न नेपाली कांग्रेस जिल्ला समिति कार्यालयमा तालाबन्दी गर्ने निर्णय गरिएकाे विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया