कतारमा कैद जीवन बिताइरहेका २१ जना नेपालीले पाए क्षमादान

 वैशाख ७, २०७९ बुधबार १०:३९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा कतार गएका र विभिन्न कारणबस् जेल सजाय भोगिरहेका २१ जना नेपालीले त्यहाँको सरकारबाट क्षमादान पाएका छन् । 

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमाजानको अवसरमा त्यहाँका कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेका २१ जना नेपालीलाई क्षमादान दिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार क्षमादान पाउनेहरुमध्ये यौनजन्य क्रियाकलापमा तीन, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रीवितरणमा दुई र आर्थिक हिनामिनामा पाँच जना कसुरदार ठहरी सजाय भोगिरहेका थिए  । क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । 

यस्तै,  कतारमा बसोबासको नियमलाई उल्लङ्घन गरेका विदेशी नागरिकले आफ्नो कानुनी अवस्था सच्चाउने समयावधि पनि कतार सरकारले बढाएको छ । विभिन्न कारणले कतारमा बसोबासको नियम उल्लङ्घन गरेका तर आफ्नो कानुनी अवस्था सच्याई कतारमै बस्न चाहने वा स्वदेश फर्किन चाहनेहरूले आउँदो वैशाख १७ अर्थात् अप्रिल ३० सम्मको समय पाउने भएका हुन् ।

कतारमा बसोबासको नियम, काम गर्ने भिसाको नियम, घरेलु श्रमिक र पारिवारिक बसोबासको नियम उल्लङ्घन गरेकाहरूले यो अवसरको फाइदा लिन सक्नेछन् । रोजगार भिसामा कतार गएर कतारी आईडी प्राप्त नगरेका वा नवीकरण नभएकाहरूले आफ्नो कतार बसाइँलाई वैधानिक बनाउन चाहेमा कुनै रोजगारदाताबाट ‘जब अफर लेटर’सहित तोकिएको केन्द्रमा गएमा आफ्नो बसाइँलाई वैधानिक बनाउन सक्नेछन् ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया