अटो रिक्सा दुर्घटना हुँदा रुकुम पूर्वमा बालिकाको ज्यान गयो, ४...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डौ – नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमा सरकारले राजदूतको सिफारिस गरेको छ ।
खाडीका दुई देश यूएई र कुवेतबाहेक अन्य देश राजदूतविहीन भएको करिब सात महिनापछि बिहीबार बसेको मन्त्री परिषद् बैठकले मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस गरेको हो ।
मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । ज्योति प्याकुरेल दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस हुनुभएको छ ।
श्रम गन्तव्य देश मलेसियाका लागि डिल्लीराज पौडेल, खाडीको मुख्य श्रम गन्तव्य देश साउदीका लागि नवराज सुवेदी र कतारका लागि नरेशविक्रम ढकालका सिफारिस हुनुभएको छ ।
यस्तै, परराष्ट्र सेवाका हरिश्चन्द्र घिमिरे बहराइनका लागि नेपाली राजदूतमा सिफारिस हुनुभएको छ भने डोरनाथ अर्याल ओमानका लागि राजदूतमा सिफारिस हुनुभएको छ ।
राजदूत सिफारिस भएकाहरूको नियुक्ति प्रक्रिया संसदीय सुनुवाइपछि अघि बढ्छ ।
गएको असोजमा सरकारले केपी ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको थियो । त्यसयता कुवेत र यूएई बाहेक खाडी र मलेसियाका मुख्य श्रम गन्तव्य देशमा राजदूत पद खालि रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।