काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – यूएईमा रोजगारदाताले श्रमिकको इच्छा विपरीत काममा लगाउन नपाइने गरी श्रम कानुनमा सुधार भएको छ ।
यूएई सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै यूएईको निजी क्षेत्रमा रोजगारदाताले श्रमिकको इच्छा विपरीत काममा लगाउन नपाइने,श्रमिकले अदालतमा मुद्दा लड्दा शुल्क तिर्न नपर्ने लगायतका विषयमा सुधार गरिएको गल्फ न्युजले खबर लेखेको छ । जर्बजस्ती काममा लगाउँदा श्रमिकले काम नगरेमा रोजगारदाताले कुनै पनि जरिबाना लिन पाउने छैनन् ।
श्रम कानुनमा भएको सुधार अनुसार रोजगारदाताले श्रमिकको काम र पाउने ज्यालामा विभेद गर्न पाउने छैनन् भने तीन वर्षे करारमा ६ महिनाको परीक्षण अवधि हुनेछ ।
यस्तै श्रमिकले चाहेमा एउटाभन्दा बढी कम्पनीमा काम गर्न पाउनेछन् । स्वतन्त्र रूपमा श्रमिकले काम गर्न पाउने सुविधाको कुरा पनि अहिले भएको श्रम कानुनले समेटेको छ ।
यदि श्रमिकको मृत्यु भएमा श्रमिकले पाउनु पर्ने रकम कम्पनीले १० दिन भित्र उपलब्ध गराउन पर्ने छ भने मृतकको शव पठाउने खर्च पनि रोजगारदाता कम्पनी स्वयंले व्यर्होन पर्नेछ ।
महिला श्रमिकले पाउने सुत्केरी बिदालाई ४५ दिनबाट बढाएर ६० दिन पुर्याइएको छ । ४५ दिन बिदाको तलब पाइने छ भने १५ दिन अर्थ तलबी बिदा महिला कामदारले पाउने छन् ।
कोही सहकर्मी वा श्रमिकलाई यौन दुर्व्यवहार, जिस्क्याउने, शारीरिक तथा मानसिक हिंसा गर्न पनि नयाँ कानुनले बन्देज लगाएको छ । कुनै पनि जात, वर्ण, रङ्ग, लिङ्ग, धर्म, राष्ट्रियता आदिका आधारमा पनि भेदभाव गर्न नपाइने व्यवस्था यूएईले गरेको श्रम कानुनले समेटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।