बुधबारको तुलनामा बिहीबार दिनार, दिर्हाम र रियालको भाउ बढ्यो

 भदौ २१, २०७५ बिहीबार १०:४८:२५ | उज्यालो सहकर्मी

काठमाडौं – डलरको भाउ बढ्दा अरु विदेशी मुद्राको भाउ पनि बढेको छ । बिहीबार दिनार, रिंगिट, दिर्हामको सटही दर बढेको छ । कोरियन वन भने केही घटेको छ ।  

नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४५ र बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रिदर २७ रुपैयाँ ७५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २१ र बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर ३ सय ७९ रुपैयाँ ७१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०३ रुपैयाँ ६९ पैसा र बिक्रिदर ३ सय ०५ रुपैयाँ २९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया