काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं – जोर्डनका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले नेपाली नागरिकका लागि रोजगारीका अवसर उपलब्ध गराउन जोर्डनलाई अनुरोध गर्नुभएको छ ।
जोर्डनको परराष्ट्र मन्त्रालयका प्रतिनिधसँग भएको छलफलमा राजदूत अर्यालले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा अगाडि बढाउने लगायतका विषयमा समेत छलफल भएको नेपाली दूतावास कायरोले जनाएको छ ।
साथै राजदूत अर्यालले जोर्डनका राजा अब्दुल्ला द्वितीय इब्न हुसेनलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । राजा हुसेनले राजदूत अर्यालको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सृदृढ बन्ने विश्वास व्यक्त गर्दै जोर्डन सरकारका तर्फबाट नेपाल र नेपालीको सुख शान्ति र समृद्धिको कामना गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।