काठमाण्डाैले लुम्बिनीलाई १ सय ४ रनकाे लक्ष्य दियाे
मंसिर २६, २०८१ बुधबार
हेटौँडा : हेटौँडा–काठमाण्डौ चल्ने जीपले यात्रुलाई ठग्न थालेका छन् । पहिले दशैँको टीकाको दिन अगाडि मात्रै काठमाण्डौबाट हेटौँडा आउँदा यात्रुसँग दोब्बर भाडा लिँदै जीपले अहिले दुवै तर्फबाट ओहोरदोहोर गर्दा यात्रुलाई ठग्न थालेका छन् ।
दशैँको टीकाको भोलिपल्टदेखि हेटौँडाबाट काठमाण्डौ जाने र काठमाण्डौबाट हेटौँडा आउने जीपले यात्रुसँग तोकिएको भन्दा दोब्बर भाडा लिन थालेका हुन् । जीपको कृत्रिम अभाव सृजना गरेर यातायात व्यवसायीहरूले यात्रुलाई ठग्न थालेका हुन् । काठमाण्डौबाट हेटौँडा आउँदा नारायणी यातायात व्यावसायी सङ्घको जीपले एक यात्रु सँग एक हजार रुपैयाँका दरले लिएको मकवानपुरगढीका सुशान्त चौलागाईँले बताउनुभयो ।
पहिले जीप छैन भन्ने अनि पछि यात्रुसँग तोकिएको भन्दा दोब्बर भाडा लिने गरेको यात्रुहरू गुनासो गर्छन् । हेटौँडाबाट काठमाण्डौ लैजाँदा जीपले एक हजारदेखि १२ सय रुपैयाँसम्म भाडा असुल गरिरहेका छन्, यात्रुलाई टिकट भने पाँच सय ७५ रुपैयाँको थमाउने गरिएको छ । धेरैले त टिकटसमेत दिने गरेका छैनन् । हेटौँडा बजारमा बाक्लो मात्रामा छरिएका प्रहरी पनि यात्रु ठग्दा रमिते बनेर बसेका छन् ।
जीपले यात्रुलाई ठगेको गुनासो आएकाले यसको नियन्त्रण गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । प्रहरी परिचालन गरेर यात्रुलाई ठग्नेलाई नियन्त्रण गर्न तत्काल लागिने उहाँले आश्वासन दिनुभयो । हेटौँडाबाट छोटो दुरीको मार्ग भएर काठमाण्डौँ जाने यात्रुसँग बढी भाडा लिइँदै आएको हो । तर हेटौँडाको चौकी टोलमा ट्राफिक प्रहरी र जनपथ प्रहरीको जाँच भए पनि यसलाई नियन्त्रण गर्न कुनै चासो दिइएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।