ओमानमा शाहीन चक्रवात : मस्कटमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

 असोज १७, २०७८ आइतबार ११:५७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अरब सागरमा केन्द्रविन्दु बनाएर शाहीन नामकाे ट्रपिकल चक्रवात सुरु भएको छ । चक्रवातको असर मस्कटसम्म पर्ने भएकाले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ ।

ओमानको विपद पूर्व सतर्कता केन्द्रका अनुसार मस्कटभन्दा ६ सय ५० किलोमिटर टाढा अरब सागरमा सुरु भएको चक्रवात तीव्र गतिमा ओमान सी तथा मस्कट तटीय क्षेत्रतर्फ आइरहेको छ । चक्रवातका कारण ठूलो हावाहुरी आउने र ६ सय  मिलिमिटरसम्म भीषण वर्षा हुनसक्ने बताइएको छ ।

मस्कट तथा मस्कटको उत्तरी क्षेत्रमा दुई/तीन दिनसम्म यसको प्रभाव पर्ने पूर्व सतर्कता केन्द्रले जनाएको छ । यो समयमा समुन्द्रको तहमा वृद्धि हुनसक्ने भएकाले समुन्द्र नजिक नजान र आफ्नै आवासमा सुरक्षित रहन पनि दूतावासले आग्रह गरेको छ ।

यस प्रतिकुल मौसमका कारण ओमान सरकाले आज र भाेलि (आइतबार र साेमबार) त्यहाँका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द गरेको छ । दूतावासले पनि आफ्नो नियमित सेवा प्रवाह बन्द गरिने जनाएको छ । मौसमको नियमित अपडेट हेरिरहन र आधिकारिक सूचनामा मात्र विश्वास गर्न दूतावासले आग्रह गरेको छ ।

अन्तिम अपडेट: मंसिर २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया