मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
मोरङ – ठेक्का लिएर समयमा काम नगर्ने तथा निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार विराटनगर महानगरपालिकाका मेयरसहितको अनुगमन टोलीले विकासको काममा अनियमितता भएको पाएपछि ३ जनालाई पक्राउ गरिएको हो । विराटनगरको व्यस्त मानिने महेन्द्र चोकमा पक्की नाला बनाउने क्रममा गुणस्तरहीन काम भैरहेकोमा मेयर पराजुलीले भेट्नु भएको थियो ।
मेयरका प्रेस संयोजक कौशल निरौलाका अनुसार मेयर पराजुलीले त्यहाँको अवस्थाको बारेमा जानकारी लिनु भएको थियो । निर्माणको विषयमा कडाई गर्दा उल्टै मेयरमाथि नै थर्काउन थालेपछि उनीहरुलाई कारबाही प्रक्रिया अघि बढाइएको हो । पक्राउ पर्नेमा टुण्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट मेनेजर रवि पन्तसहित सुपरभाइजर विनय साह र अर्का एक जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो ।
अनुगमन टोलीले सिमेन्ट नै नमिसाई बालुवाले मात्र इँटा जोडिरहेको फेला पारेको थियो । त्यसको केही बेरमा नै उनीहरुलाई काम भइरहेको ठाउँबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको छ । साइटका ठेकेदार कृष्ण बोहोरा भने पक्राउ परको छैनन् । महानगरले टुण्डिरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा, कम्पनीका मेनेजर रवि पन्त, सुपरभाइजरद्वय संजय रजक, विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई कारबाहीको सिफारिस गरेको छ । पत्रको बोद्दार्थ व्यपारिक मार्ग विस्तार आयोजना सिक्स लेन सडक विभाग इटहरी सुनसरीलाई समेत पठाइएको छ ।
महानगरका प्रमुख पराजुलीले विकासको काममा चरम लापरबाही गरेको पाइएपछि प्रशासनिक कारबाहीको सिफारिस गरिएको बाउनुभयो । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत महेन्द्र चोकदेखि वरगाछीको भागमा गुणस्तरहिन काम भएको र काममा ढिलाई भएको कारण कारबाहीको सिफारिस गरिएको उहाँको भनाई छ ।
कमसल सामान र गुणस्तरहीन काम गर्ने जो कोहीलाई नछाड्ने महानगरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।