विदेश जाँदै हुनुहुन्छ ? प्रहरी रिपोर्ट प्रमाणीकरणको लागि अब यसरी दिनुहोस् अनलाइनबाटै कन्सुलर विभागमा आवेदन

 भदौ १३, २०७८ आइतबार १८:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – तपाईँ विदेश जाँदै हुनुहुन्छ र पुलिस रिपोर्ट प्रमाणपत्रको प्रमाणीकरणको लागि कन्सुलर सेवा विभाग काठमाण्डौमा लाइन लाग्नेबारे सोच्दै हुनुहुन्छ ? अब यो झन्झट सकिएको छ ।

कन्सुलर सेवा विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणकाे लागि विभागमा लाइन लाग्नु नपर्ने व्यवस्था गरेको छ ।

विभागले प्रहरी प्रतिवेदनको प्रमाणीकरण अनलाइनबाट मात्र गरिने व्यवस्था मिलाइएको छ । विभागका अनुसार आज अर्थात् भदौ १३ गते आइतबारदेखि यो नियम लागू भएको छ । 

यो व्यवस्थाले विदेश जानेहरूले घरमै बसी बसी सहज एवं सरल रूपमा सेवा लिन सक्नेछन् । अनलाइनमार्फत सेवा लिने तरिका

अनलाइनमार्फत http://att.nepalconsular.gov.np/  वा विभागको वेबसाइट https://nepalconsular.gov.np/np/ मा गएर अनलाइन आवेदन गर्न सकिने सकिन्छ ।

दिएको आवेदन स्वीकृत भएपछि तत्काल सेवाग्राहीले आवेदनमा भरेको मोबाइलमा म्यासेज जाने छ ।

मोबाइलमा म्यासेज आएपछि फेरि http://att.nepalconsular.gov.np/    मा गई online application for police clearance certificate मा क्लिक गर्नुपर्छ । 

त्यसपछि अनलाइन पेमेन्ट मा क्लिक गरी रिफ्रेन्स नम्बर र मोबाइल नम्बर राख्नु पर्नेछ । 

राजश्व रकम पनि अनलाइनबाटै बुझाउन सकिन्छ  ।  अथवा ग्लोबल आइएमइ बैङ्कको देश भर रहेका जुनसुकै शाखाबाट पनि  राजस्व तिर्न सकिन्छ ।

राजस्व बुझाएको रकम र प्रहरी प्रतिवेदन रङ्गिन प्रतिसहित बिहान १० बजेदेखि २ बजेसम्म आफैँ वा आफैँले अनलाइन  फारम भर्दा तोकेको व्यक्ति आउन पर्नेछ ।

विभागमा कागजात लिन आउँदा नागरिकताको प्रमाणपत्र वा फोटोसहितको परिचय खुल्ने कागजात सहित आउन पर्नेछ ।

अन्तिम अपडेट: मंसिर २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया