डलर, युरो र रियालको भाउ बढ्यो
मंसिर २८, २०८१ शुक्रबार
काठमाण्डौ – साउदीमा गएको एक हप्ता मात्रै त्यहाँको कानुन उल्लंघन गर्ने १६ हजार आप्रवासी पक्राउ परेका छन् । आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्नेहरुलाई पक्राउ गरेको त्यहाँको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।
आवासीय कानुन उल्लंघन गरेका पाँच हजार चार सय ३६ जनालाई पक्राउ गरेको छ । त्यस्तै नौ हजार ७५ सीमा सुरक्षा उल्लंघन गर्ने र श्रम कानुन उल्लङ्घन गर्ने एक हजार तीन सय ८९ जनालाई पक्राउ गरेको हो । अहिलेसम्म साउदीमा यस्ता कानुन उल्लंघन गर्ने ७८ हजारभन्दा बढीमाथि कानुनी कारबाही चलिरहेको गल्फ न्युजले जनाएको छ । जसमध्ये ६५ हजार बढी पुरुष र १३ हजार बढी महिला रहेका छन् ।
यस्तै ५८ हजार तीन सय उल्लङ्घनकर्तालाई कूटनीतिक प्रक्रियामार्फत स्वदेश फिर्तीको लागि पहल भइरहेको र आठ हजार एक सय २८ जनालाई देश निकाला गरिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाइएको छ । त्यहाँको नियमअनुसार यस्तो अपराधमा संलग्न हुनेलाई १५ वर्ष जेल सजाय र दश लाख साउदी रियाल बराबरको जरिबाना तोकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।