वन क्षेत्र अतिक्रमणको आरोपमा २२ जना विरुद्ध मुद्दा, वन समूहका पदाधिकारी नै संलग्न

 भदौ २, २०७८ बुधबार ११:३५:४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – वन क्षेत्र अतिक्रमण गरेको आरोपमा डिभिजन वन कार्यालय दाङले २२ जना विरुद्ध मुद्दा चलाएको छ ।

लकडाउनको मौका छोपेर बबई गाउँपालिकाका-५ बबरपुरमा रहेकाे कालापानी सामुदायिक वन क्षेत्रको खाली जग्गा अतिक्रमण गरेर खेतीपाती र घर समेत बनाएको आरोपमा २२ जना विरुद्ध मुद्दा चलाइ कारबाही अघि बढाएको पुरन्धारा सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिनुभयो । बरालका अनुसार वन अतिक्रमण मुद्दा चलाइएका मध्ये २ जनालाई पक्राउ गरिएको छ । अन्य २० जना फरार रहेको र उनीहरुको खाेजी भइरहेको छ । ​

बस्ती नजिकैका बासिन्दा तथा टाढाटाढाबाट समेत गएर वन क्षेत्र कब्जा गर्ने, खेतीपाती गर्ने र घरटहरा समेत बनाइ अरुलाई बेचबिखन गर्ने कार्य भइरहेको पनि उहाँले बताउनुभयो । वन अतिक्रमण हटाउनका लागि आफूहरुले पटकपटक हटाउन अनुरोध गर्दा पनि अटेरी गरेपछि मुद्दा चलाइएकाे वन अधिकृत बरालले बताउनुभयाे ।

वन अतिक्रमण मुद्धामा सामुदायिक वन समूहका पदाधिकारी र सल्लाहकार समेत संलग्न रहेका छन् । सामुदायिक वन समूहका पदाधिकारीले नै वन क्षेत्र अतिक्रमण गरी घर बनाएको बरालले बताउनुभयो ।

वन ऐन २०७६ अनुसार वन क्षेत्र अतिक्रमण गर्नेलाई  ५ वर्ष कैद वा एक लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । वन क्षेत्रको अतिक्रमणमा संलग्न रहेको पुष्टि भएमा त्यस्ता व्यक्तिहरु सामुदायिक वन समितिमा बस्न नपाउने व्यवस्था पनि वन ऐनमा छ ।

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया