अटो रिक्सा दुर्घटना हुँदा रुकुम पूर्वमा बालिकाको ज्यान गयो, ४...
मंसिर २६, २०८१ बुधबार
दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई नि:शुल्क प्राविधिक विषय पढाउने भएको छ ।
उपमहानगरले सञ्चालन गरेको तुल्सीपुर बहु-प्राविधिक शिक्षालय मेट्रो कलेजसँग सम्झौता गरेर उपमहानगरका १९ वटै वडाका एसईई उत्तीर्ण छात्राहरुलाई कलेजमा सञ्चालित प्राविधिक विषय नि:शुल्क पढाउने व्यवस्था मिलाइएको उपप्रमुख माया शर्माले बताउनु भयो ।
स्मार्ट छोरी कार्यक्रमसँग जोडेर महिलालाई आर्थिक रुपमा बलियो बनाउन बजारमा बढी माग भएका प्राविधिक विषय अध्ययन गर्ने व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ । यस वर्षदेखि सुरु भएको कार्यक्रम अन्तर्गत अहिले कलेजमा फाराम भरेकामध्ये ४० प्रतिशत नि:शुल्क अध्ययन गर्ने छात्राहरु रहेको कलेज प्रमुख वसन्त आचार्यले बताउनु भयो।
तुलसीपुर उपमहानगरले सञ्चालन गरेको कलेजमा सीटीईभीटी अन्तर्गतका ५ वटा प्राविधिक विषयको अध्यापन भइरहेको छ । यस्तै, लुम्बिनी विश्वविद्यालयसँगको सहकार्यमा पाँच वर्षे बीएएलएलबीको पढाइ पनि भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।