मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन : उदीपुर–मार्कीचोक–भर...
मंसिर २६, २०८१ बुधबार
मकवानपुर - मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले बितेको एक वर्षमा १३ हजार फूलका बिरुवा रोपेको छ । हेटौँडालाई सुन्दर र फूलै फूलको सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ १३ हजार ३ वटा फूलका बिरुवा रोपिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
साविकका वडासँगै थपिएका वडाका सडक पेटीमा समेत फूल रोपिएको छ । फूलले हेटौँडा बजार क्षेत्रका फराकिला सडकमा सुन्दरता थपेको मेयर महतले बताउनुभयो । बितेको चार वर्षमा सडक फराकिलो पार्ने, त्यसमा पेटी निर्माण गर्ने र फूल रोप्ने अभियानलाई तीव्रता दिइएको मेयर महतले बताउनुभयो ।
नगरपालिका रोड, भैरवरोड, सानो पोखरा, मानसचोक, माछा प्लान, कान्तिराजपथ, बसपार्क, बाइपास सडक, अजरअम्ब रोड, भैरवरोड, पीपलबोटको रोड, राप्तीरोड, जिल्ला प्रहरी कार्यालय अगाडि, मनकामना चोक, भुटनदेविचोक, अस्पताल गेट, प्रदेश सभा भवनको रोड र आसपासका क्षेत्र, क्याम्पाचौर, बुद्धचोकलगायतका क्षेत्रमा फूलका बिरुवा रोपिएको उहाँले बताउनुभयो ।
हिउँदमा रोपिएका बिरुवा मर्ने समस्या धेरै भए पनि वर्षायाममा रोपिएका बिरुवा हुर्कने गरेको छ । हिउँदमा दिनहुँजसो फूलका बिरुवामा पानी हाल्ने, गोड्ने काम गरिँदै आएको छ । तैपनि बिरुवा मर्ने समस्या छ । हेटौँडाका विभिन्न सडक पेटी र बगैँचामा निलकाँडा, क्यातकुते, साइकस, धुपी, हेज प्लान्ट, गुलमोहर, कोलिस, बोटल पान, निलो फूल, हेज प्लान्ट, असोक, बगानबेली, एरिला पाम, स्वामी, चाइना गुलाब, निलजाइ, सिङ्गापुरे हेज, असारे, कोरोटनलगायतका बिरुवा रोपिएको मेयर महतले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।