अविरल वर्षाका कारण १ करोड लागतमा बनेकाे सांस्कृतिक डबली भत्कियाे

 असार ५, २०७८ शनिबार १९:४०:१३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – एक हप्तादेखिको अविरल वर्षाका कारण दाङको पर्यटकीय क्षेत्र घोरदौरामा यसै वर्ष निर्माण गरिएको सांस्कृतिक डबली भत्किएको छ ।

घोराही उपमहानगरपालिका-१८ घोरदौरामा  भिरालो जमिनलाई सम्याएर बनाइएको डबली भारी वर्षाका कारण भत्किएको हो ।

डबलीको पश्चिमतर्फको गाह्रो भत्किएको छ भने मञ्च पनि चर्किएको छ । डबलीको दर्शकदीर्घामा लगाइएको पेटी चर्केको छ । जमिन सतहको माटोमाथि पेटी लगाएका कारण माटो दबेपछि पेटी भत्किएको हो । मञ्चको पूर्वतर्फ बनाउँदै गरेको शौचालय पनि भत्किएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको डिभिजन वन कार्यालय घोराही मार्फत करिब एक करोड रुपैयाँको लागतमा सांस्कृतिक डबली बनेको थियो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया