वाग्मतीमा ५७ अर्बकाे बजेट, काेराेना खाेप लगाउन दुई अर्ब छुट्याइयाे

 असार १, २०७८ मंगलबार १८:३३:३१ | हेमराज शर्मा
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड नौ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सभामा मङ्गलवार (आज) आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ५७ अर्ब रुपैयाँभन्दा धेरै को बजेट प्रस्तुत गर्नुभएको हो । 

विनियोजन गरिएको मध्ये चालुतर्फ २६ अर्ब एक करोड ६६ लाख २३ हजार रुपैयाँ बजेट छुट्याइएको छ । यसमा पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख चार हजार र वित्तीय व्यवस्थातर्फ दुई अर्ब रुपैयाँ विनियोजन गरिएको मन्त्री ढुंगेलले बताउनुभयो । 

कुल विनियोजनमा चालुतर्फ ४५ प्रतिशत, पुँजीगततर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ चार प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । आउँदो आर्थिक वर्षका लागि अनुमान गरिएका खर्च बेहोर्ने स्रोतमध्ये कर–राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार रुपैयाँ, सङ्घीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानमा प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ, विविध प्राप्ति एक अर्ब पाँच करोड नौ लाख ९६ हजार रुपैयाँ र चालु आर्थिक वर्षको राजस्व बचतबाट नौ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको मन्त्री ढुंगेलले बताउनुभयो । 

वाग्मती प्रदेशका पालिकामा समपूरक अनुदानमा दुई अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै प्रदेशका नागरिकलाई खोप लगाउन दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । कोभिड महामारीविरुद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्याउन प्रदेश प्रमुख कोभिड– १९ खोप कार्यक्रम मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशभित्रका सबै नागरिकलाई खोप प्रदान गर्न दुई अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताउनुभयो । 

वाग्मती प्रदेशमा प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरिएको छ । तर भौतिक पूर्वाधार, स्वास्थ्य पूर्वाधार र उपकरण खरिदमा दुई अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

वाग्मती प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमणका कारण आमाबाबु दुवै गुमाएका बालबालिकालाई पालिकासँगको सहकार्यमा मासिक तीन हजार रुपैयाँका दरले शैक्षिक तथा सामाजिक भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । अन्य कारणबाट आमाबाबु दुवै गुमाएका बालबालिकालाई मासिक दुई हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले वताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया