एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीत
मंसिर १९, २०८१ बुधबार
दाङ – करिब डेढ महिना बन्द दाङका बजार आज बुधबारदेखि आंशिक रूपमा खुलेका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र दाङको बैठकले यसअघिका निर्णयलाई केही परिमार्जन गर्दै निषेधाज्ञालाई असार १ गतेसम्म निरन्तरता दिने तर बिहान ६ बजेदेखि १० बजेसम्म बजार खोल्ने निर्णय गरेको हो ।
निषेधाज्ञाका कारण गएकाे बैशाख १७ गतेदेखि यहाँका बजार बन्द थिए । बैठकको निर्णय अनुसार होटेल, रेस्टुरेन्ट, सैलुन, खाजा घर, चिया पसल बाहेक अरु सबै पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुलेका छन् । प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई दैनिक बिहान १० बजेदेखि २ बजेसम्म खुल्न दिने निर्णय गरेको छ ।
दाङमा कुनै बेला ह्वात्तै बढेको कोरोना संक्रमण पछिल्लो समय घट्दै गएको छ । कोरोना संक्रमण घट्दै गएपछि अस्पतालहरुमा बेड खाली हुँदै गएका छन् । करिब दुई हप्ता अघिसम्म जिल्लामा कोरोना संक्रमितलाई उपचारका लागि अस्पतालमा बेड पाउन मुस्किल हुन्थ्यो । त्यसैमा अक्सिजन जुटाउन झन समस्या थियो तर पछिल्लो समय कोरोना संक्रमण दर घटेसँगै अस्पतालहरुमा बेड खाली हुँदै गएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।