यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
दाङ – लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भइरहेकाे उपचुनावमा अहिलेसम्म दुई सय ९७ मत खसेको छ । बिहान ९ बजेदेखि सुरु भएकाे मतदानमा अहिलेसम्म दुई सय ९७ मत खसेको हाे ।
जम्मा तीन सय मतदातामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले चुनाव बहिष्कार गर्नुभयो । अन्य दुई जना मतदाता बिरामी भएर काठमाडौमा रहेकाले मतदान गर्न नआएको जनाइएको छ । प्रदेश सभा सदस्य ८३ जनाले नै मतदान गरेका छन । पालिकातर्फको तीन मत नखसेको हो । ।
३ बजेसम्म मतदानको समय राखिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।