यी हुन् ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजन...
मंसिर १९, २०८१ बुधबार
दाङ - लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपचुनावका लागि मतदान चलिरहेको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पहिलो भोट खसाल्नुभयो । दाङ, घोराहीको कर्मचारी मिलन केन्द्रमा चलिरहेको मतदान दिउँसो ३ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो ।
उपचुनावमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार हुनुहुन्छ । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सदस्य पद रिक्त हुन गएको हो ।
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा जसपाबाट मन्त्री बनेका चार जनाले पनि मताधिकार पाएका छन् । चार सांसदलाई मताधिकार दिएकोमा विपक्षी दलहरुले विरोध गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई निर्वाचन आयोगले मताधिकार दिएको हो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।