निषेधाज्ञामा दाङबाट हराएको जीप रौतहटमा भेटियो

 जेठ २, २०७८ आइतबार ८:२५:१९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – निषेधाज्ञामा दाङबाट हराएको जीप रौतहटमा भेटिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-१८ दुधरासमा पार्किङ गरेर राखिएको जीप हराएको पाँच दिन पछि रौतहटमा फेला परेको प्रहरीले जनाएको छ ।

गाडीधनी बाबुराम बस्नेतका अनुसार गएको मंगलबार राति १२ बजे घर अगाडि रोकेर राखेको भे १ च २०६९ नम्बरको जीप हराएपछि खोजी गरिएको थियो । खोजी गर्ने क्रममा हिजो दिउँसो ४ बजेतिर ईलाका प्रहरी कार्यालय गरुडाले जीप फेला पारेको जानकारी गराएको गाडीधनी बस्नेतले जानकारी दिनुभयो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया