अटोलाई एम्बुलेन्सका रुपमा सञ्चालन

 वैशाख ३१, २०७८ शुक्रबार ११:३९:७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – रोटरी क्लब अफ दाङले बिरामीलाई लकडाउनको समयमा सहजताका लागि अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

महामारीको विषम परिस्थितिमा कोरोनासँगै अन्य रोगबाट समस्यामा परेका बिरामीलाई अस्पतालसम्म जान सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको क्लबका अध्यक्ष डाक्टर चेतनारायन पाण्डेले जानकारी दिनुभयो ।

एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएका अटोको एक वर्षका लागि ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । ५ वटा अटोलाई एम्बुलेनसका रुपमा थप्ने योजना रहेको क्लबका अध्यक्ष डा पाण्डेले जानकारी दिनुभयो । क्लबको कोभिड राहत कोषका संयोजक मीनराज भाटले अटो एम्बुलेन्सका साथै रोटरीमार्फत् ५ जना डाक्टरले सामाजिक सञ्जालमार्फत् कारोना सम्बन्धी परामर्श प्रदान गरिहेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया