एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीत
मंसिर १९, २०८१ बुधबार
दाङ - अक्सिजन आपूर्तिमा भएको असहजताबारेमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र उपप्रधानमन्त्री इश्वर पोख्रेलबीच टेलिफोन कुराकानी भएको छ ।
दाङमा अक्सिजन अभावका कारण कोरोना सङ्क्रमितको ज्यान गएको भन्दै अक्सिजन आपूर्तिमा सहजताका लागि नगरप्रमुख पाण्डेले सीसीएमसीमा संयोजक समेत रहेका उपप्रधानमन्त्री पोख्रेलसँग आग्रह गर्नुभएको हो ।
नेपालगञ्जमा रहेको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन भारतमा जाने गरेको बताउँदै सङ्क्रमणको अवधिमा छिमेकी जिल्लालाई प्राथमिकतामा राखेर आपूर्ति गर्नका लागि उपप्रधानमन्त्री पोख्रेलले निर्देशन समेत दिनुभएको थियो । कुराकानीपछि आजदेखि अक्सिजन आपूर्तिमा सहजता हुने विश्वास रहेको नगरप्रमुख पाण्डेले बताउनुभयो ।
यसैबीच दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा गएराति ९० वटा सिलिन्डर नेपालगञ्जबाट ल्याइएको र त्यसले आज दिउँसो १ बजेसम्म लागि पुग्ने अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिनुभयो । यसअघि कोरोना विशेष अस्पतालमा अक्सिजन अभाव हुँदा एकजनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।