कतार प्रहरीको लागि ‘डिमाण्ड’ आएकै छैन, ठगीबाट बच्नुस् : विभाग

 चैत २३, २०७७ सोमबार १२:४२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतार प्रहरीमा पठाइदिने भनेर पैसा माग्न खोज्ने म्यानपावर तथा एजेण्टबाट बच्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

पछिल्लो समय कतार प्रहरीमा पठाइदिने भनेर विभिन्न म्यानपावरहरुले श्रमिकबाट पासपोर्ट सङ्कलन गर्ने, अन्तर्वार्ता लिने, पैसा माग्ने लगायतका अवैधानिक कार्यहरु गरिरहेको भन्दै त्यसबाट बच्न विभागले आग्रह गरेको हो ।

वैदेशिक रोजगारीको गन्तव्य देश कतारमा नेपाली कामदार पठाउने काम निरन्तर चलिरहेको तर कतार प्रहरीको लागि नै भनेर कुनै पनि ‘डिमाण्ड’ नआएको विभागले जनाएको छ ।

कतारमा रहेको नेपाली दूतावासबाट कतार प्रहरीको लागि भनेर कुनै मागपत्र प्रमाणीकरण भइ नआएको र विभागबाट पनि त्यस्तो पूर्व स्वीकृति नदिइएको विभागले प्रष्ट पारेको छ ।

यस्तै कुन-कुन गन्तव्य देशमा के-कस्तो कामको लागि कति सङ्ख्यामा कामदारको माग आएको तथा कुन म्यानपावरले पठाउने लगायत सम्पूर्ण जानकारीको लागि विभागको वेबसाइट मार्फत यकिन गरेर सम्भावित ठगीबाट बच्न पनि विभागले आग्रह गरेको छ ।

अन्तिम अपडेट: मंसिर २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया