कुवेतमा नेपाली दूतावासको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण सम्बन्धी सेवा बन्द

 चैत ५, २०७७ बिहीबार १४:४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतमा रहेको नेपाली दूतावासले राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा कागजात जारी सम्बन्धी सेवा बन्द गरेको छ ।

दूतावासका एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भौतिक उपस्थिति भएर लिनुपर्ने सेवा बन्द गरेको दूतावासले जनाएको छ । दूतावासले सूचना जारी गर्दै अर्को सूचना नआएसम्म आज बिहीबारदेखि यी सेवा बन्द गरिएको जनाएको हो । 

यस्तै दूतावासले अत्यावश्यक सेवा सम्बन्धी  महत्वपूर्ण जानकारी लिनुपरेमा दूतावासको हटलाइन नम्बर ९८८६९१२१, टेलिफोन नम्बर २५३२१६०३, २५३२१६०४ र २५३२१६०५ तथा इमेल [email protected] मार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।

अन्तिम अपडेट: मंसिर २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया