मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डाै – मलेसियाबाट १७ जना नेपालीको शव आज नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजमार्फत १७ जना नेपालीको शव नेपाल ल्याइएको हो ।
गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएर काठमाण्डौ आएको नेपाल वायुसेवा निगमले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए । शव ल्याउन नसकिएका ५ जनाको भने अस्तु मात्रै ल्याइएको छ ।
शव बुझ्न गएका आफन्तको रुवाबासीले बिहान विमानस्थलकाे अवस्था शाेकमग्न थियो । मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा शव ल्याएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताउनुभयो । निगमले क्वालालम्पुर गन्तव्यमा न्यारो बडी जहाजले नियमित उडान गर्दै आए पनि नेपाली कामदारको शव लिनकै लागि निगमले वाइड बडी जहाज पठाइएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Khagendra Khadka
Jan. 25, 2021, 9:33 p.m.यस्ता खालका समाचार प्रकाशित गर्दा मृतकको नाम ठेगाना उल्लेख गर्दा राम्राो हाेला की ।