मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डौ – गएको पुस महिनामा मात्रै वैदेशिक रोजगारीमा जान झण्डै १५ हजार श्रमिकले श्रम स्वीकृति लिएका छन् ।
१३ हजार ३ सय ९७ पुरुष र एक हजार ३ सय ५६ महिला गरी १४ हजार ७ सय ५३ जनाले विभिन्न ५७ देशमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसमध्ये ७ हजार ५ सय ४४ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
सबैभन्दा बढी यूएई जान ४ हजार ७ सय ७२ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै कतारको लागि ३ हजार ८ सय ८२ र साउदीको लागि ३ हजार ७ सय ६३ जनाले श्रम स्वीकृति लिएका छन् ।
नेपालीहरु धेरै वैदेशिक रोजगारीमा जाने मलेसियामा भने पछिल्लो समय सङ्कटकाल घोषणा गरिएकाले श्रमिक त्यहाँ जान पाएका छैनन् ।
यस्तै पछिल्लो समय खाडीका देशहरुले स्वास्थ्य सावधानी अपनाउँदै श्रमिक प्रवेश गर्न दिएका छन् । अन्तर्राष्ट्रिय उडानहरु केही खुकुलो गरेका छन् । उद्योगहरु सञ्चालनमा ल्याएका छन् । योसँगै कोरोनाका कारण घटेको नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या अहिले बढीरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।