एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीत
मंसिर १९, २०८१ बुधबार
दाङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विध्वंसको अर्को नाम केपी शर्मा ओली भएको बताउनु भएको छ।
दाङको तुल्सिपुरमा आयोजित पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणमा आज शनिबार बोल्दै अध्यक्ष नेपालले ओली अव्यवस्थाता र अशान्ति चाहेने विध्वसं व्यक्ति भएको आरोप लगाउनु भयो । उहाँले नेपाली शब्दकोषमा भएका नराम्रा शब्दहरुको अर्को नाम केपी ओेली भएकाे पनि बताउनुभयाे ।
‘नेपाली शब्दकोषमा तपाईंले पढ्नुभएका नराम्रा शब्दहरुको अर्को नाम केपी ओली हो’, प्रधानमन्त्रीको मजाक उडाउँदै नेपालले भन्नुभयो , ‘नीति नियम नमान्ने, अस्तव्यत्त र शान्ति नचाहने व्यक्ति हुन ओली ।’
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भन्नु भयो, ‘आफू बसेको कुर्सी पनि भाँचिदिन्छु भन्ने, घरमा भाँडभैलो मच्चाउने, संविधानमाथि कू गर्ने , कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने भएकाले उनी मुर्ख शासक हुन् ।’
भेट हुने जतिलाई केपी गुटको केन्द्रीय सदस्य बनाइदिने भएकाले विवेकशील मान्छे बालुवाटारको बाटो हिँड्न छोडेको भन्दै अध्यक्ष नेपालले काटाक्ष गर्नुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।