मानव बेचबिखन मुद्दामा लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगाे भराउने फैसला

 माघ २, २०७७ शुक्रबार १९:१६:३६ | हेमराज शर्मा
unn.prixa.net

तस्बिर : लुम्बिनी प्रदेश सभा

दाङ – जिल्ला अदालत काठमाण्डौले लुम्बिनी प्रदेश सभा सदस्य विमला ओलीलाई मानव बेचबिखन मुद्दामा २५ लाख बिगो भराउने फैसला गरेको छ ।

मानव बेचबिखन मुद्दाका मुख्य व्यक्ति एवम् तत्कालीन लुम्बिनी प्रदेशका प्रदेश सभामा दाङबाट प्रतिनिधित्व गर्ने उत्तरकुमार ओलीको मृत्यु भएकाले उहाँकी श्रीमती एवम् प्रदेश सभा सदस्य विमला ओलीलाई अदालतले बिगो भर्न आदेश दिएको हो ।

दाङकै नरेन्द्र बस्नेतले अमेरिका पठाउने बहानामा बेचबिखन गरेको भन्दै मानव बेचबिखन ब्युरो काठमाण्डाैमार्फत काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएकाे थियो । त्यस मुद्दामा फैसला सुनाउँदै अदालतले स्वर्गीय ओलीलाई दोषी ठहर गर्दै बिगो भराउन उहाँकी श्रीमतीलाई आदेश दिएको हो ।

मुद्दाका अर्का अभियुक्त दाङको घोराही उपमहानगरपालिका १४ मिलनचोकका टोपबहादुर जिसीलाई दुई वर्ष कैद र १२ लाख रुपैयाँ बिगो भराउने र मतियारको भूमिकामा देखिएका तुलसीपुर निवासी मुकुन्दराज जीसीलाई एक वर्ष कैदको फैसला गरेको छ ।  

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया