सैन्य शासन लागू गर्ने असफल प्रयासपछि दक्षिण कोरियाका राष्ट्रपति...
मंसिर १९, २०८१ बुधबार
दाङ - दाङको घोराही उपमहानगरपालिकाले मातृशिशु स्वास्थ्यको कार्यविधि बनाएर आमा र बच्चाको स्वास्थ्य सुरक्षामा लगानी सुरु गरेको छ । उपमहानगरपालिकाले उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधि बनाएर आमा र बच्चाको स्वास्थ्यमा लगानी गर्न सुरु गरेको हो ।
गर्भवती भएदेखि नै आवश्यक स्वास्थ्य जाँच, पोषण, खोपलगायतका आधारभूत स्वास्थ्य सेवालाई सुनिश्चित गर्दै आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि कार्यविधि बनेको हो । उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधिअनुसार स्वास्थ्यकर्मी र वडा सचिवहरुबीच छलफल भएको छ । गर्भ रहेदेखि बच्चा जन्मदासम्म चार पटक स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य जाँच गर्नुपर्ने, बच्चा जन्मेपछि ३५ दिनभित्र अनिवार्य जन्मदर्ता गराउनु पर्ने, खानपानमा सन्तुलन मिलेको हुनुपर्ने छ ।
कार्यविधिले तोकिएका सबै मापदण्डको पालना भएपछि जन्मिएको बच्चा र आमाका लागि घोराही उपमहानगरपालिकाले खुत्रुकेमा एक हजार रुपैयाँ राखेर दिने भएको हो । गएकाे वर्षका सुरु भएको यस अभियानलाई याे वर्षदेखि कार्यविधि नै बनाएर आमा र बच्चाको स्वास्थ्य सुरक्षामा विषेश ध्यान दिएको नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभएको छ ।
यस कार्यविधिमा सामाजिक संस्कारअनुसार न्वारान, भात खुवाइ, चाडपर्वमा शिशु तथा आमालाई दिइने दक्षिणाबाट आउने रकमलाई फजुल खर्च नगरि खुत्रुकेमा जम्मा गर्ने र अप्ठ्याराे पर्दा बच्चा र आमाको उपचार तथा पोषणका लागि खर्च गर्ने उल्लेख छ । यस आर्थिक वर्षमा उपमहानगरले यस कार्यक्रमका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कार्यक्रममा उपमहानगरको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले मातृशिशु स्वास्थ्यलाई सवल र सक्षम बनाउन यो कार्यक्रम ल्याइएको बताउनुभयो । बालमैत्री नगर बनाउने, मातृशिशु मृत्युदरलाई घटाउने, पैसा बचतको बानी विकास गर्ने र पोसिलो खानेकुरा प्रति ध्यान जगाउन समेत कार्यविधि बनाइएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।