मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डाै - कोरोनाका कारण कोरिया जानेहरुको रोकिएको प्रक्रिया छिट्टै सुरु हुने भएको छ ।
कोरिया लैजान रोकिएको प्रक्रिया छिट्टै सुरु गर्ने तयारी भएको जानकारी त्यहाँको श्रम मन्त्रालयले गराएको प्रवासी श्रमिक युनियन एमटीयूका अध्यक्ष उदय राईले बताउनुभयो ।
प्रवासी श्रमिक युनियन एमटीयू र केसीटीयूले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग कोरियामा ईपीएसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी कोरोना महामारीको कारणले प्रवेशमा रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल गरेका छन् ।
कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला ६ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण कोरिया प्रवेशमा कडाइ र नेपालमा लकडाउन भएसँगै रोजगार अनुमति प्रणाली ईपीएस माध्यमबाट कोरिया जानेहरुको सम्पूर्ण प्रक्रियासमेत स्थगन भएको थियो ।
सन् २०२० को ५६ हजार कोटामध्ये ३३ हजार १०० अनुमतिपत्र जारी गरिएको थियो भने अक्टोबरसम्ममा ६ हजार ७४ जना मात्र नयाँ प्रवासी मजदुर कोरिया प्रवेश गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।