३ लाख २० हजार घुससहित मालपाेतका नासु र कार्यालय सहयाेगी पक्राउ

 मंसिर ५, २०७७ शुक्रबार १७:३५:५१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – घुस रकम लिइरहेको अवस्थामा दाङको तुलसीपुरमा रहेको मालपोत कार्यालयबाट दुई जना कर्मचारी पक्राउ परेका छन् ।

मालपोत कार्यालय तुलसीपुरको तामेली फाँटमा कार्यरत नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे सेवाग्राहीसँग नगद तीन लाख २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा शुक्रबार रङ्गे हात पक्राउ परेका हुन ।

जग्गा नाप, जाँच गरी पुर्जा बनाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले घुस रकम लिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको छ । 

उनीहरूमाथि अनुसन्धान भइरहेकाे आयाेगकाे कार्यालयले जनाएकाे छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया