कुवेतमा गैरकानुनी भएका विदेशी श्रमिकलाई आफ्नो कानुनी अवस्था सच्याउने अवसर

 कात्तिक २७, २०७७ बिहीबार १७:७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने अवसर दिएको छ ।

कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अनुसन्धान बिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न सक्ने जनाएको छ ।

कुवेत सरकारको सम्बन्धित निकायहरुले जारी गरेको यात्रा प्रतिबन्धमा परेका बाहेक कुवेतको आवासीय भिसा समाप्त भएका तथा १ जनवरी २०२० वा यो मितिभन्दा अघि प्रवेश भिसामा कुवेत गएका विदेशी नागरिकलाई कुवेतले कुनै कानुनी अनुसन्धान नगरी स्वदेश फर्कन वा आफ्नो कानुनी अवस्था सच्याउन अवसर दिएको हो ।

कानुनी अनुसन्धान नगरे पनि आफ्नो कानुनी वैधानिकताका लागि १ डिसेम्बरदेखि ३१ डिसेम्बर २०२० भित्रमा कुवेतको ‘पब्लिक एडमिनिस्ट्रेसन अफ रेसिडेन्सी एफेएस’ मा गएर कानुन अनुसार तोकिएको जरिवाना भने तिर्नु पर्छ ।

यो अवधिभित्र आफ्नो आवासीय अवस्था नसच्याएको पाइएमा कुवेत सरकारले कानुन अनुसार जरिवाना हुने जनाएको छ भने भिसा उल्लङ्घन गर्ने व्यक्तिले फेरि आवासीय भिसा पाउने छैनन् । कुवेत सरकारले फेरि कुवेत फर्कन नसक्ने गरी डिपोर्टसमेत गर्नेछ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया