काठमाण्डाैसँग हारेसँगै लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
मंसिर २६, २०८१ बुधबार
दाङ – लुम्बिनी प्रदेशमा चाडपर्व दशैँ (खर्च) खर्चको व्यवस्था गरिएको छैन । अहिले जनप्रतिनिधि र चाडपर्वको खर्चको चर्चा भइरहेको अवस्थामा लुम्बिनी प्रदेशका पालिकाका जनप्रतिनिधिलगायत मुख्यमन्त्री, मन्त्री, सभामुख, प्रदेश सभा सदस्य कसैले पनि अहिलेसम्म चाडपर्व खर्च लिएका छैनन् ।
‘यो साढे दुई वर्षकाे अवधिमा प्रदेश सरकारले बलियो जग हाल्न सफल भएको छ । यो अवधिमा आवधिक योजना निर्माण गर्दै त्यही आधारमा बजेट निर्माणको काम प्रारम्भ भएको छ’, मुख्यमन्त्रीको प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गर्नुभएकाे विज्ञप्तिमा भनिएको छ, ‘यतिखेर जनप्रतिनिधि र चाडपर्व खर्चको बारेमा चर्चा हुन थालेको छ । लुम्बिनी प्रदेश सरकारले माननीय मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभाका सभामुख, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि चाडपर्व खर्चको प्रबन्ध गरेको छैन ।'
यहीअनुसार माननीय मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभाका सभामुख, प्रदेश सभा सदस्यहरु र पालिकाका जनप्रतिनिधिहरुले अहिलेसम्म चाडपर्व खर्च (दशैँ खर्च) नलिएको विज्ञप्तिमा भनिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।