काठमाण्डाैले लुम्बिनीलाई १ सय ४ रनकाे लक्ष्य दियाे
मंसिर २६, २०८१ बुधबार
लमजुङ – जिल्ला प्रहरी कार्यालय, लमजुङले नजिकिदै गरेको चाडपर्व (दशैँ, तिहार, छठ)लाई लक्षित गर्दै विशेष सुरक्षा योजना–२०७७ तयार गरेको छ । बिहीबार पत्रकार भेटघाटमार्फत जिल्ला प्रहरी कार्यालय, लमजुङले यसबारे जानकारी गराएको हो ।
चाडपर्वको बेला हुनसक्ने चोरी, लुटपाटजस्ता अपराधिक गतिविधि नियन्त्रणका लागि चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरी जिल्लामा बिहीबारदेखि नै लागू गरिएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो ।
‘महान पर्व दशैँ, तिहार, छठ पर्व नजिकिँदै छ । कोभिड–१९ को सङ्क्रमण पनि बढ्दो छ । चाडपर्वको बेला झनै भीडभाड बढ्न सक्छ,’ डीएसपी थापाले भन्नुभयो, ‘यसका साथै चाडपर्वको बेला हुनसक्ने चोरी, लुटपाट लगायतका अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि जिल्लामा विशेष सुरक्षा योजना तयारी गरी लागू गरिएको छ ।’
उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय, लमजुङले विशेष सुरक्षा योजनाअन्तर्गत मोबाइल गस्ती, राजमार्ग सुरक्षा/अनुगमन गस्ती, मोटरसाइकल गस्ती, पैदल गस्ती, पिकेट डिउटी, चेक प्वाइन्ट, सूचना संकलन (सादा पोषाक), यात्रु सहायता कक्ष, समन्वय टिम लगायतका कार्य गर्नेछ ।
विशेष सुरक्षा योजनाअन्तर्गत जिल्लामा ३ सय ३२ प्रहरी परिचालित भएका छन् । यो सुरक्षा योजना लागू भइन्जेलसम्म जिल्लामा प्रहरीले १८ घण्टासम्म डिउटी गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
‘जिल्लामा कार्यरत सबै प्रहरी परिचालित छन् । यो योजना लागू भइन्जेलसम्म प्रहरीले १८ घण्टासम्म डिउटी गर्नुपर्ने अवस्था देखिएको छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रमकै अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङका हालसालैका गतिविधिबारे पनि जानकारी गराइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।