दोस्रो पटक कोरिया जानेहरुका लागि भाषा परीक्षा भदौ ८ गते

 साउन २४, २०७५ बिहीबार ११:५२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दोस्रो पटक रोजगारीका लागि कोरिया जान चाहनेका लागि भाषा परीक्षा भदौ ८ गते हुने भएको छ । 

रोजगार अनुमति प्रणाली (इपिएस) प्रणाली अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागि फेरि जान लिइने भाषा परीक्षाको मिति तोकिएको हो । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आगामी भदौ ८ गते कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा अथवा सिबिटी सञ्चालन गर्ने जनाएको हो ।

शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गएको वैशाख १७ गते सञ्चालन गरेको थियो । यसैबीच सन् २०१८ को भाषा परीक्षा पास गरेका कामदारको स्वास्थ्य परीक्षण भदौ ४ देखि ११ गतेसम्म इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।

कामदारले मीनभवनमा रहेको निजामती अस्पताल, टेकुको शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलमा रहेको पाटन अस्पताल र थिमीको कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्न सक्ने खनालले जानकारी दिनुभयो । गए जेठ २६ र २७ गते लिइएको नवौं कोरियन भाषा परीक्षामा ७ हजार ९ सय ९६ जना पास भएका छन् । 

अन्तिम अपडेट: मंसिर २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया