काठमाण्डौ महानगरबाट दश जना स्रष्टा जनही १ लाख ५० हजार पुरस्का...
मंसिर २९, २०८१ शनिबार
काठमाण्डौ – मलेसियाबाट चार्टर्ड उडान फेरि हुने भएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडान बन्द गर्ने निर्णय गरेपछि रोकिएको उडान सरकारले फेरि सञ्चालन गर्ने निर्णय गरेसँगै हुने भएको हो ।
मलेसियाबाट आउँदो शुक्रबार अर्थात अगष्ट २८ मा हिमालय र नेपाल एअरलाइन्सका गरी दुई उडान हुनेछ भने आइतबार अर्थात अगष्ट ३० मा हिमालय, नेपाल एअरलाइन्स र मलिण्डो एअरले एक, एक वटा उडान भर्ने छन् ।
यो उडानमार्फत स्वदेश फर्कनका लागि यसअघि अगष्ट १९, २० र २१ मा हुने उडानमार्फत घर फर्कन टिकट लिइसकेका यात्रुलाई आफ्नो एअरलाइन्स वा ट्राभल एसेन्जीमा सम्पर्क गरी आफ्नो उडान सुनिश्चित गर्न मलेसियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।
यो उडानमार्फत कोभिड १९ पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रु मात्र नेपाल फर्कन पाउनेछन् । पीसीआरबाहेक अन्य परीक्षण मान्य नहुने दूतावासले स्मरण गराएको छ । रिपोर्ट नेपाल पुग्ने दिनसम्म सात दिनभित्रको हुनुपर्नेछ ।
पहिले पीसीआर परीक्षण गरी नेगेटिभ आएको तर नेपाल पुग्ने दिनसम्म सातदिन कट्ने भएमा फेरि जाँच गराउन दूतावासले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।