काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको एउटै वडाका १६१ महिला इराक पुगेको पाइएको छ । उनीहरु भोटेकोशी गाउँपालिका– ५ मार्मिङका हुन् । यो वडाबाट एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ ।
सरकारले जान रोके पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक पुगेका हुन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा घिमिरेले बताउनुभयो । माइती नेपालले केही समय अघि गरेको एक सर्वेक्षणबाट यस्तो देखिएको हो ।
गाउँपालिकाकोसाविक मार्मिङ गाविस– ४ का छ्यादी, पाखेरे र गोल्ची गाउँबाट ५२ महिला र ३० पुरुष इराक गएका छन् । यहाँ तामाङ र शेर्पा समुदायको बसोवास रहेको छ । यो गाउँमा बालबालिका र वृद्धवृद्धा मात्र घर रुँगेर बसेका छन् ।
एउटै घरबाट नन्द, भाउजु, देवरलगायत चारजनासम्म वैदेशिक रोजगारीमा गएको पाइएको संयोजक घिमिरेले बताउनुभयो । गत आवमा महिला र पुरुष गरी कूल ६९१ जना वैदेशिक रोजगारीमा गएका छन् । माइती नेपालका अनुसार वैदेशिक रोजगारीमा गएका आठ जना समस्यामा परेका छन् ।
उनीहरु इराक, कुवेत, जापान, अष्ट्रेलिया र अमेरीकामा समस्यामा परेका हुन् । विसं २०७२ मा भूकम्पका कारण तातोपानी नाका बन्द हुनुअधि त्यहाँका महिलाको प्रमुख गन्तव्य खासा रहेको थियो ।
आव २०७४/७५ मा जिल्लाबाट चार हजार ३१७ तथा जिल्लाको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट चार हजार ७४७ जनाले राहदानी पाएका थिए । राहदानी पाउनेमध्ये वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी मेलम्ची नगरपालिकाका एक हजार २३५ तथा सबैभन्दा कम त्रिपुरासुन्दरी गाउँपालिकाका ४०५ जना रहेका छन् ।
जिल्लामा सबैभन्दा बढी भोटेकोशी गाउँपालिकाबाट ५०३ महिला वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ । विगत वर्षदेखि देशका विभिन्न भागबाट खासामा मानव तस्करी हुन थालेपछि रोकथामका लागि तोतोपानी नाकामा माइती नेपालले कार्यालय स्थापना गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।