मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डौ – कुवेतले नेपालसहित ३० देशका नागरिकको प्रवेशमा रोक लगाएको छ ।
हिजो शनिबारदेखि कुवेतले व्यावसायिक उडान खोले पनि नेपालसहित विभिन्न ३० देशका नागरिकको प्रवेशमा भने रोक लगाएको हो ।
नेपाल, बंगलादेश, ब्राजिल, अरमेनिया, बोस्निया, चिली, चीन, कोलम्बो, इजिप्ट, हङ्कङ, भारत, इण्डोनेसिया, इरान, इटाली, लेबनान, मेक्सिको, पानामा, पाकिस्तान, पेरु, फिलिपिन्स, सिङ्गापुर स्पेन्न, श्रीलङ्का, सिरिया लगायतका देशका नागरिकको प्रवेशमा रोक लगाइएको हो ।
कुवेतले कोरोना भाइरसको उच्च जोखिम भएका देशहरुका नागरिकको प्रवेशमा रोक लगाएको हो । व्यावसायिक उडानहरु आंशिक खुला गरिएकै दिन कुवेत सरकारले नयाँ प्रतिबन्धहरु घोषणा गरेको कुवेत टाइम्सले जनाएको छ ।
समाचार अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि करिब ३० प्रतिशत खुला भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।