काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
डोटी – डोटीको दिपायल राजपुरमा कालाेपत्रे सडक गरिएको एक हप्तामै उप्किएको छ ।
दिपायलको राजपुरबाट सुदूरपश्चिम पृतना हेडक्वार्टरको मूल गेटसम्म कालाेपत्रे गरिएको सडक साता नबित्दै उप्किएर हिलाम्मे हुन थालेको छ ।
रकम सक्नका लागि कालाेपत्रे गरिएको सडक उप्किएर हिलाम्मे हुन थालेपछि यातायातका साधन तथा स्थानीयलाई हिँड्नमा समस्या उत्पन्न भएको छ ।
धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालको टेण्डर अनुसार त्रिशक्ती कन्ट्रक्सनले उक्त सडक गएको केही दिन पहिले कालाेपत्रे गरेको हो ।
१२ सय मिटर सडक कालाेपत्रे गर्न एक करोड २७ लाखमा ठेक्का स्वीकृत भएको थियो ।
जेठ मसान्तमा काम सक्नेगरी सम्झौता भएको उक्त सडक हाल आएर कालाेपत्रे गरिएको स्थानियबासी लालबहादुर धामीले बताउनुभयो ।
‘असार मसान्त सम्म समयसीमा तोकिएपनि वर्षायाममा गरिएको कालाेपत्रे गुणस्तरको नहुने भएकाले जेठ १५ भित्र काम सक्न निर्देशन दिइएको थियो’ धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालयका प्रमुख इञ्जिनियर राजेन्द्र शाहले भन्नु भयो, ‘हामीले जेठ १५ मै काम सक्न लिखित पत्राचार समेत गरेका थियाैं,किन अहिले आएर कालाेपत्रे गरे हामीलाई पनि थाहा छैन ।’
कालाेपत्रे सडकको मापदण्ड अनुसार नबनेको स्थानीयको आरोप छ ।
सडकको चौडाई ७ मिटर हुनुपर्ने भनि लिखित सम्झौता भए पनि तोकिए अनुसारको चौडाई नपुगेको स्थानीयको दावी छ ।
सडकमा इष्टिमेट अनुसारको काम नभएकाले आफुले रकम भुक्तानीका लागि सिफारिस नगर्ने दिपायल सिलगढी नगरपालिका वडा न–४ का वडाध्यक्ष विरेन्द्र शाहले बताउनुभयो ।
धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालयले सुरुमा सडक निर्माण कम्पनीलाई ५० लाख भुक्तानी दिएको इन्जिनियर शाहले बताउनुभयो ।
इन्जिनियर शाहले थप्नुभयो ‘काम हेरेर इष्टिमेट अनुसारका काम गराएर मात्रै भुक्तानी दिन्छाैं,नत्र भुक्तानी रोकिने छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।