मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डौ – आज खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत त्यहाँ समस्यामा परेका नेपाली स्वदेश फर्कने भएका छन् ।
कोरोना महामारीका कारण उडान बन्दा हुँदा विभिन्न कारणले समस्यामा परेका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्कन लागेका हुन् । आज कतारको दोहाबाट दुई उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदैछन् । नेपाली लिएर हिमालय र नेपाल एअरलाइन्स कतारबाट नेपालका लागि उडिसकेको छ भने यूएईबाट पनि आज दुई उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदै छन् ।
दुबईबाट नेपाल एअरलाइन्स र आबुधाबीबाट हिमालय एअरलाइन्सले नेपाली लिएर आउँदैछन् भने कुवेतबाट पनि आममाफीमा सहभागी नेपाली लिएर जजिरा एअर नेपाल आउँदैछ ।
यस्तै आज नेपाली लिन चार देशमा जहाजहरु जाँदैछन् । नेपाल एअरलाइन्स साउदीको दमाम र बहराइन जाँदैछ भने हिमालय एअरलाइन्स मलेसियाको क्लालाम्पुर र कुवेत जाँदैछ ।
हिजो छ उडानमार्फत विभिन्न देशबाट ९२८ जना स्वदेश आइपुगेका छन् । हिजो नेपाली लिएर आएका जहाजले साउदीबाट सात र मलेसियाबाट ३ वटा शव पनि ल्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।