मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डौ – तपाईँ कतारमा विभिन्न समस्यामा परेर स्वदेश फर्कने तयारीमा हुनुहुन्छ र दूतावासले तपाईंको नाम प्राथमिकतामा राखेको छ ? छ भने स्वदेश फर्कनका लागि विभिन्न कुरामा ध्यान दिन दूतावासले अनुरोध गरेको छ ।
दूतावासले स्वदेश फर्कने नेपालीको सूची कतारको गृह मन्त्रालयमा पठाएको र गृह मन्त्रालयले स्वीकृत नगरेका व्यक्तिहरु पछि मात्र यात्रा गर्न पाउने छ ।
यस्तै दूतावासले कतारबाट स्वदेश फर्कने नेपालीलाई Ehteraz प्रयोग गर्न अनुरोध गरेको छ । यो एप नचलाएका व्यक्तिले यात्रा गर्न नपाउने भएकाले अनिवार्य रुपमा यो एप चलाउन दूतावासले अनुरोध गरेको छ । यो एप मोबाइलमा डाउनलोड गरी कतारी आइडी नम्बर लगायतका विवरण राखी प्रयोग गर्न सकिन्छ ।
यस्तै रोजगारदाताले इस्केप रिपोर्ट दर्ता गएका व्यक्तिको हकमा भने एअरलाइन्सबाट यात्रा गर्ने दिनसहितको टिकट लिएर सर्च एण्ड फलोअफ डिपार्टमेण्टमा आफैं गएर हवाई टिकटमा डिपार्टमेन्टको छाप लगाउन र अनिवार्य रुपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने भएकाले दूतावासले यो प्रक्रिया गर्न पनि आग्रह गरेको छ ।
कतारबाट नेपालीको स्वदेश फिर्तीका लागि जुलाई २,४, ७ र ९ तारिखमा उडान भर्ने तालिका रहेको र हिमालय एअरलाइन्सले ४ र ७ जुलाईमा उडान गर्ने तालिका रहेको दूतावासले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rabin Kumar khatri
July 15, 2020, 4:26 p.m.खै के आस गर्नु ? फेब्रुअरी देखि बिना काम बसेको छु ..कस्तो मान्छे प्राथमिकतामा पर्ने हो ?? हुने खानेलाई मात्र हो यो फ्लाइट ...५ महिना विना काम कोठामा बस्नेलाई थाहा छ पीडा के हो भनेर ..त्यसैले सहयोग गर्नुस हजुर ...#जयनेपाल
Gokarna Bahadur pulami magar
July 2, 2020, 3:52 a.m.हामी त दशैंमा फर्किने हो , अनि कतारी आइ डी पनि अगस्तमा सकिन्छ / अक्टोबरमा जानको लागि के के गर्नुपर्छ / अहिले देखि नै जान्न पाए सजिलो हुनेथियो कि ? कृपया भन्दिनुस न /
Surya Ghimire
July 1, 2020, 11:25 p.m.काम नभएको ५ महिना हुन लाग्यो , फर्म भरेको धेरै भयो ..५ हजारमा मेरो नाम आएको तर अहिले सम्म फ्लाइटभएको छैन ...अहिले सम्म नाम आउँदैन ..के भएको ??