मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
काठमाण्डाै – आज पनि विभिन्न देशहरूबाट करीव एक दर्जन उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदैछन् । बहराइनबाट नेपाल एअरलाइन्सको दुई चार्टर्ड उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदैछन् भने मलेसियाको क्लालाम्पुरबाट त्यहाँ समस्यामा रहेका नेपालीहरु स्वदेश फर्कंदैछन् ।
मलेसिया र बहराइनबाट नेपाली लिएर आउने जहाजले कति सङ्ख्यामा नेपाली लिएर आउँछ भनेर खुलाइएको छैन । जहाजमा केही नेपालीको शवसमेत स्वदेश ल्याईंदैछ । यस्तै आज कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कदै छन् । कुवेतको जजिरा एअरमार्फत त्यहाँ आममाफीमा सहभागी झण्डै १५० जना नेपाली स्वदेश फर्कने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जनाकारी दिनुभयो ।
आज ६ ठाउँमा नेपाली लिन हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका जहाज जाँदैछन् । नेपाल एअरलाइन्स नेपाली लिन मलेसियाको क्लालाम्पुर, हङकङ, अस्टे«लियाको मेलबर्व, यूएईको दुबई र साउदीको रियाद जाँदैछ ।
यस्तै हिमालय एअरलाइन्सको चार्टर्ड जहाज नेपाली लिन साउदीको दमाम आज जानेछ भने भोलि बिहान नेपालीहरु लिएर काठमाण्डौ फर्कनेछ । श्री एअरलाइन्सको जहाज आज युंगुन जाँदैछ ।
आज विदेशमा समस्यामा परेको नेपाली ल्याउन र लिन जानका लागि १० वटा अन्तर्राष्ट्रिय उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।