आज कुवेत, बंगलादेश, थाइल्याण्ड र सिंगापुरबाट नेपाली स्वदेश फर्कंदै

 असार ३, २०७७ बुधबार १२:४२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज कुवेत, बंगलादेशको ढाका, थाइल्याण्ड र सिंगापुरबाट त्यहाँ समस्यामा परेका नेपालीहरु स्वदेश फर्कने भएका छन् ।

कुवेतबाट जजिरा एअरमार्फत १६८ जना, बंगलादेशको ढाकाबाट २ सय जना, बैंङ्ककबाट २५० जना स्वदेश फर्कने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सिंगापुरबाट कति नेपाली फर्कन्छन् भन्ने विवरण आइसकेको छैन ।

कुवेतबाट १६८ जना लिएर जजिरा एअर दिउँसोको २ बजेसम्म आइपुग्ने छ भने ढाकाबाट पनि हिमालय एअरलाइन्स दिउँसो १ देखि २ बजेसम्ममा त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ । बैंङ्ककबाट पनि २५० नेपाली लिएर नेपाल एअरलाइन्स राति आइपुग्ने प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

सिंङ्गुरबाट भने कतिबेला जहाज आइपूग्छ भन्ने यकिन भएको छैन । हिमालय एअर केही समयअघि उडेको छ । सरकारले विभिन्न ३० देशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने गरी चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ । कुवेतबाट भने त्यहाँ आममाफी सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले नेपालसम्म निःशुल्क ल्याइदिएको हो ।

यसअघि पनि ४४९ जना कुवेतबाट फर्किसकेका छन् भने बंगलादेशबाट गएको शुक्रबार २५८ जना नेपाल फर्केका छन् । यस्तै मलेसियाबाट १ जना, म्यानमारबाट २६ जना, यूएईबाट १६९ जना, जापानबाट १३ जना , अस्ट्रेलियाबाट ११ जना, अफगानिस्थानबाट १८ जना र असार १ गते ओमानबाट १६६ नेपालीहरु स्वदेश फर्किएका छन् ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया