काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल समीकरण पूरा
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं – मलेसियाको स्थानीय अंग्रेजी अनलाइन ‘द स्टार अनलाइन’ मा प्रकाशित समाचारप्रति नेपाली दूतावास मलेसियाले आपत्ति जनाएको छ ।
नेपाली कामदारसँग धेरै शुल्क लिने कार्यमा संलग्न मलेसियाको बेष्टिनेट कम्पनीले समस्या समाधानका लागि नेपाली दूतावाससँग छलफल गरेको र दूतावासले नेपाली कामदार पठाउने विषयमा लिइएको निणर्यका बारेमा पूनर्विचार नगरिने बताएको भनेर प्रकाशित समाचारप्रति दूतावासले आपत्ति जनाएको हो ।
समाचारमा बेष्टिनेटका प्रमुख कार्यकारी अधिकृत ईस्माली मोहम्मद नूरले समस्या समाधानका लागि मंगलवार नेपाली दूतावाससँग छलफल गरेको दावी गरेका छन् । दूई देशबीच सहमति भएपछि मात्रै समस्याको समाधान हुने दूतावासले बताएको समाचारमा उल्लेख गरेपनि कुनै छलफल नै नभएको भन्दै दूतावासले विज्ञप्ती मार्फत समाचारकाे खण्डन गरेकाे छ ।
समाचार झुठो भएको भन्दै दूतावाससँग सम्बन्धित विषयमा समाचार लेख्दा त्यस विषयमा दूतावाससँग एकपटक सोध्न मलेसियाका सबै सञ्चारमाध्यमलाई दूतावासले आग्रह पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मनोज सिँह रतोकी
Aug. 4, 2018, 12:16 p.m.नभएको कुरा समाचारमा प्रेषित गर्नु महान अपराध हो र त्यस्तो नभएको समाचार प्रकाशित गर्ने र गराउनेलाई कानुनिक दायरामा ल्याउनु जरुरी हुन्छ। तर नेपाली दूतावास मलेसियाले के गरिरहेको छ त जुन समस्या मलेसियमा नेपालीहरुले भोगीरहेका छन। अबैधानिक बनेका छन, लुटपाट भएको छ, अनि समस्या छ भनेर दूतावासलाई जानकारी गराउँदा पनि किन कानमा तेलहालेर बस्छन त नेपाली दूतावास मलेसियामा रहि कार्यरत कर्मचारी?